+
+

वडा कार्यालयमा राहत लिनेको भिड (फोटो फिचर)

आर्यन धिमाल आर्यन धिमाल
२०७६ चैत १८ गते २०:१८

१९ चैत, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १० ले आर्थिक स्थिति कमजोर भएका दुई सय ८५ जनालाई राहत सामग्री वितरण गरेको छ ।

कोरोना (कोभिड–१९) भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेपछि दैनिकी चलाउन अफ्ट्यारोमा परेकाहरुलाई राहत बाँडिएको हो ।

वडाध्यक्ष रामकुमार केसीका अनुसार वडाका अन्य जनप्रतिनिधि समेतले आफ्ना क्षेत्रमा भएका मजदुर, श्रमिक तथा विपन्न वर्गका व्यक्तिको पहिचान गरेर राहत दिइएको छ ।

‘काठमाडौं महानगरपालिकाले सहयोग वितरण गर्न भनेर तीन लाख रुपैयाँ बजेट पनि छुट्टाएको छ’, उनले अनलाइनखबरसँग भने, ‘हामीले अन्य निकायबाट पनि आर्थिक जोहो गरी सहयोग बाँडिरहेका छौं ।’

केसीका अनुसार मंगलबार माडवाडी सेवा समितिले पनि सहयोग गरेको छ । त्यसअनुसार नियमित राहत सहयोगमा दाल, आलु, चाउचाउ, मास्क, बिस्कुट लगायत सामग्री थपिएका छन् ।

राहत लिने क्रममा सम्पन्न व्यक्ति नै नआउन् भनेर छड्के जाँचसमेत गर्ने गरिएको उनले सुनाए । वडामा अझै कोही मजदुर भोकै रहेको भए कार्यालयमा आएर नाम टिपाउन सक्ने पनि उनले जनाएका छन् ।

केसीका अनुसार महानगरका अन्य वडाले पनि राहत वितरण     गरिरहेका छन् ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?