+
+

कोरोनालाई जित्दै बागलुङकी १९ वर्षीया युवती डिस्चार्ज

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १२ गते २२:२६

१२ वैशाख, काठमाडौं । कोरोना भाइरसलाई जित्दै बागलुङकी १९ वर्षीया युवती अंशु सापकोटा शुक्रबार राति अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

बागलुङ नगरपालिका ४, कुँडुलेकी उनलाई धौलागिरि अञ्चल  अस्पतालले शुक्रबार राति करिब १० बजेतिर डिस्चार्ज गरेको हो ।

उनी गत चैत ४ गते बेल्जियमबाट नेपाल आएकी थिइन् । १० चैतमा उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनी नेपालकी पाँचौ संक्रमित हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?