+
+

प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १६ गते १३:२४
Photo Credit : फाइल फोटो

१६ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ ।

भेटका लागि अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन् । ‘अहिले कुराकानी चलिरहेको छ’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अनलाइनखबरसँग भने ।

दुई नेताबीच पार्टीको बैठक बोलाउन विषयमा छलफल हुने बताइएको छ ।

नेकपामा मंगलबार सचिवालय बैठक बस्ने भनिएपनि अहिलेसम्म बस्ने नबस्ने अन्यौल कायमै छ । अध्यक्ष प्रचण्डसँगै वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरु बैठक बोलाउने पक्षमा छन् तर प्रधानमन्त्री ओलीले बैठक टार्न खोजेको नेताहरुको आरोप छ ।

यस्तै स्थायी कमिटीका २० नेताले लिखित रुपमा नै स्थायी कमिटी बैठक बोलाउन माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?