
१४ जेठ, सुर्खेत । भारतबाट आएका एक युवकको कर्णाली प्रदेश अस्पताल कालागाँउमा मंगलबार मृत्यु भएको छ ।
मंगलबार राति मात्रै भारतको रुपैडिया हुँदै आएका चिङ्गगाड गाउँपालिका-५ अवलचिङका २२ वर्षीय युवकको मृत्यु भएको हो ।
पाँच दिनअघि भारको गुजरातबाट हिँडेका युवक यात्राकै क्रममा बिरामी भएपछि मंगलबार अस्पताल लिइएको थियो । उनको सोही दिन राति १२ बजे अस्पतालमै मृत्यु भएको बताइएको छ ।
अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले भने युवकको अस्पतालभित्र मृत्यु नभएको बताए । ‘ती युवा सुब्बाकुना आएर गाडी बदलिएको बुझिएको छ,’ डा पौडेलले भने, ‘उनको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो, हस्पिटलभित्रै होइन ।’
अस्पतालले कोरोना आशंकाका उनको स्वाब परिक्षण गरेको थियो । तर पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4