+
+

श्रीमानविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १५ गते १३:५६

१५ जेठ, कैैलाली । कैलालीमा श्रीमतीलाई आत्महत्या गर्न बाध्य तुल्याएको भन्दै श्रीमानविरुद्ध मुद्दा परेको छ ।

जिल्लाको लम्कीचुहा नगरपालिका– ७, खरैलाकी ३५ वर्षकी सरिता भण्डारीको आत्महत्याको कारण श्रीमान् नै रहेको भन्दै माइती पक्षले प्रहरीमा उजुरी दिएको छ ।

श्रीमानको मानसिक र शारीरिक यातना सहन नसकेर मंगलबार भण्डारीले आत्महत्या गरेको भन्दै उनका दाजु झंकर विष्टले सरिताका श्रीमान् ३५ वर्षका खगेन्द्र भण्डारीविरुद्ध इलाका प्रहरी कार्यालय लम्कीमा उजुरी गरेका हुन् ।

इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्दले घटनाबारे अनुसन्धान भइरहेको बताए । ‘श्रीमानविरुद्ध उजुरी आएको छ’ उनले भने, ‘उहाँलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्छाैं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?