+
+

नेपालगञ्ज र भैरहवामा आईसीपी, कञ्चनपुरमा सुख्खा बन्दरगाह निर्माण गरिने

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १५ गते १८:१२
विराटनगरस्‍थित आईसीपी

१५ जेठ, काठमाडौं । सरकारले बाँकेको नेपालगञ्ज र रुपन्देहीको भैरहवामा एकीकृत भन्सार जाँच केन्द्र (आईसीपी) निर्माण गर्ने भएको छ । यस्तै कञ्चनपुरको दोधारा चाँदनीमा नयाँ सुख्खा बन्दरगाह निर्माणको कार्य अघि बढाइने नयाँ बजेटमा उल्लेख छ ।

यस्तै, काठमाडौंको चोभार र रसुवाको केरुङमा निर्माणाधीन सुख्खा बन्दरगाहको निर्माण सम्पन्न गर्ने, कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र निर्माण गरिने बजेट घोषणामा भनिएको छ।

यस्तै हुम्लाको यारी, मुस्ताङको कोराला, संखुवासभाको किमाथाङ्का र ताप्लेजुङको ओलाङचुङगोलामा व्यापार पूर्वाधार विकास कार्य अघि बढाइने बजेट वक्तव्यमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?