
१५ साउन, काठमाडौं । काठमाडौंमा गत मंगलबार सुन भएको झोला फालेर भागेको गाडी बिहीबार भेटिएको छ ।
आधा किलो सुन, दुईवटा पेस्तोल र साढे १४ किलो चाँदीको झोला फालेर भागेको भनिएको बा ६ च ५५१९ नम्बरको स्कोर्पियो गाडी ललितपुरको नखिपोटमा फेला परेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
नखिपोटमा एक बन्दै गरेको घरको कम्पाउन्डभित्र छोपेर राखेको अवस्थामा गाडी भेटिएको प्रहरीको भनाइ छ ।
मंगलबार काठमाडौंको कमलपोखरीमा प्रहरी चेकिङ छलेर भागेको गाडीलाई पिछा गर्दा त्यहाँ रहेका मानिसहरुले सेतो झोला फालेर गाडीसहित फरार भएको प्रहरीको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4