+
+

मलेसियामा सेक्युरिटी गार्ड कुटिएकोबारे नेपाली दूतावासले देखायो चासो

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १६ गते १७:४५

१६ साउन, काठमाडौं । मलेसियामा सेक्युरिटी गार्डलाई कुटपिट गरिएकोबारे नेपाली राजदूतावास क्वालालम्पुरले सोधखोज थालेको छ । सामाजिक सञ्जालमा शुक्रबार एक सुरक्षा गार्डमाथि कुटपिट गरिएको भिडियो भाइरल भएको छ ।

उनी को हुन् र किन कुटपिट गरिएको हो भन्ने खुलेको छैन । मलेसियास्थित नेपाली दूतावासले भिडियो सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

‘सो घटनाको थप अनुसन्धानका निम्ति राजदूतावासको पहलमा मलेसिया प्रहरीमा प्रारम्भिक उजुरी गरिसकिएको छ,’ दूतावासले एक विज्ञप्तिमार्फत भनेको छ ।

दूतावासले सो घटनाबारे थप जानकारी भए दूतावासमा जानकारी गराउन आग्रह पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?