
१९ साउन, काठमाडौं । स्वास्थ्य मन्त्रालयमा कार्यरत एक चिकित्सक र परिवारका तीन सदस्यलाई कोरोना संक्रमण भएको छ ।
मन्त्रालयको हेल्थ अप्रेसन सेन्टर (एचईओसी) मा कार्यरत चिकित्सकसँगै उनका बुबाआमा र एक वर्षीय छोरालाई कोरोना संक्रमण भएको हो । २९ वर्षीया चिकित्सक, उनका ६० वर्षीय बुबा, ५५ वर्षीया आमा र एक वर्षका छोरालाई संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।
उनका अनुसार काम बिशेषले वीरगञ्ज गएका उनीहरु तीन दिनअघि मात्र काठमाडौं फर्किएका थिए । लगतै शंका लागेर पाटन अस्पतालमा परीक्षण गराएका थिए ।
स्वाब दिएर होम आइसोलेसनमा बसेको पाइएको स्वास्थ्य कार्यालय प्रमुख मिजारले बताए ।
उनका अनुसार भक्तपुरमा सोमबार मात्र उनीहरुसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4