+
+

रियासहित ६ जना विरुद्ध सीबीआइले गर्यो एफआइआर दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २३ गते १२:४४

बलिउड नायक सुशान्त सिंह राजपुतको आत्महत्याको मुद्दा अब सीबीआइले हेर्ने भएको छ । पटना सरकारको आग्रहमा भारतको केन्द्र सरकारले सीबीआइलाई यो घटनाको छानबिन गर्न अनुमती दिएसँगै घटनाले नयाँ मोड लिएको छ । सीबीआइले सुशान्तकी प्रेमिका रिया चक्रवर्ती सहित ६ जना विरुद्ध एफआइआर दर्तागरेको छ । जसमा रियाका भाई, पिता, आमा, सुशान्तका घरमा काम गर्ने २ जना म्यानेजर छन् ।

उनीहरुविरुद्ध सीबीआइले आत्महत्या, अपराधिक षड्यन्त्र, चोरी, धोका, धम्की, गलत सम्बन्धको कारण देखाउँदै एफआइआर दर्ता गरेको हो ।

सीबीआइले पटना प्रहरीसँग घटनासँग सम्बन्धित कागजपत्र समेत संकलन गरेको छ । नायक सुशान्त सिंह राजपुतले जुन १४ तारिखमा आत्महत्या गरेका थिए । यसपछि, यो घटनाले बलिउडमा नेपोटिज्मको बहस पनि भैरहेको छ । पछिल्लो केही सातादेखि भने यो मुद्दा सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको वरिपरी घुमिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?