+
+

कोरोना संक्रमणबाट रुपन्देहीमा २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ७ गते १५:४६

७ भदौ, बुटवल । कोरोना भाइरस संक्रमणका कारण रुपन्देहीको बुटवलमा दुई जनाको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका– १ कि ६७ वर्षकी महिलाको आइतबार दिउँसो १ बजे र समरीमाई गाउँपालिका– २ का ३८ वर्षका पुरुषको दिउँसो सवा १ बजे मृत्यु भएको प्रदेश ५ को स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा भेन्टिलेटरको सहायतामा उपचार गर्दागर्दै मृत्यु भएको हो ।

दीर्घरोगी, उच्च रक्तचाप र मिर्गौलाको समस्याबाट पीडित बुटवलकी महिलामा स्वासप्रश्वासमा समस्या देखिएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।

साउन ३१ गते कोरोना संक्रमण पुष्टि भई कोरोना विशेष अस्पतालमा उपचारका लागि ल्याइएकी महिलाको आइतबार विहानदेखि स्वास्थ्यमा समस्या बढ्दै गएको थियो ।

त्यस्तै समरीमाइका पुरुष कोरोना संक्रमण पुष्टि र स्वासप्रश्वासमा समस्या भएपछि भदौ १ गत कोरोना विशेष अस्पतालमा ल्याइएका थिए ।

योसँगै कोरोना संक्रमणका कारण रुपन्देहीमा मृत्यु हुनेको संख्या ५ पुगेको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?