+
+

सुर्खेतका सीडीओलाई फेसबुकमा गाली गर्ने युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १५ गते १३:११

१५ भदौ, सुर्खेत । प्रमुख जिल्ला अधिकारी (सीडीओ) हिरालाल रेग्मीलाई सामाजिक सञ्जालमा गाली गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् ।

सीडीओ रेग्मीविरुद्ध अपशब्द लेखेको आरोपमा वीरेन्द्रनगर-१२ का राजन चालिसे पक्राउ परेका हुन् ।

कोरोना संक्रमण बढ्दै गएका बेला निषेधाज्ञा हटाउन गरेको निर्णयको आलोचना गर्दै चालिसेले फेसबुकमा सीडीओविरुद्ध अपशब्द लेखेकोले पक्राउ गरिएको जिल्ला प्रहरी कायाृलय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

डीएसपी घर्तीका अनुसार फेसबुकमा सीडीओलाई गालीगलौज गर्ने ती युवक शनिबार नै पक्राउ परेका हुन् । ‘महामारीका बेला फेसबुकमा प्रजिअलाई गाली गरेकाले पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं,’ डीएसपी घर्तीले भने, ‘अभद्र व्यवहार अन्र्तगत मुद्दाको प्रक्रिया अघि बढेको छ ।’

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भदौ एक गतेदेखि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा १२ गतेदेखि हटाउने निर्णय गरेको थियो ।

यो निर्णयको विरोध गर्दै ती युवकले फेसबुकमा आफू सुरक्षित छु भन्दैमा जनता मार्ने भन्दै स्टाटस राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?