+
+

दुईजना कोरोना संक्रमित महिला सम्पर्कविहीन

रासस रासस
२०७७ भदौ १५ गते १७:२८

१५ भदौ, त्रिशूली । नुवाकोट घर भएका दुई महिला कोरोना सङ्क्रमण पुष्टि भएसँगै सम्पर्कविहीन भएका छन् ।

काठमाडौँमा पीसीआर जाँच गराएका ४५ वर्षीया नरमाया घले र १४ वर्षीया सरस्वती घले नाम गरेका उनीहरु सम्पर्कविहीन भएका हुन् ।

कोरोना जाँचका लागि उनीहरुले काठमाडौंमा स्वाबको नमूना दिएको र ठेगाना ‘नुवाकोट, वडा नं ३’ उल्लेख गरे पनि अधुरो भएकाले सम्पर्कमा ल्याउन कठिन परेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

कार्यालयका सूचना अधिकृत उत्तम खनालका अनुसार नमुना दिँदा फोन नं उल्लेख नगरेको र ठेगानामा स्थानीय तहको नाममा जिल्लाको मात्र नाम समावेश भएकाले सङ्क्रमितलाई सम्पर्कमा ल्याउन कठिन परेको छ ।

कार्यालयले स्थानीय तहका जनप्रतिनिधि र प्रहरी एकाइलाई सङ्क्रमण देखिएका व्यक्तिको नाम र उमेरअनुसार मिल्दो विवरण देखिएमा सूचना दिन आग्रह गरेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?