+
+

समाज र स्वस्तिक लघुवित्त गाभिने, मर्जरपछि एफपीओ

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ६ गते १०:३०

६ असोज, काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था र स्वस्तिक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएका छन् । यि दुई संस्थाहरुले मंगलबार मर्जरमा जाने सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

समाज लघुवित्तले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गरिसकेको छ । आईपीओ जारी गरिसकेको भए पनि दोस्रो बजारमा सूचीकरण भने हुन पाएको थिएन ।

सूचीकरण हुनु अगावै समाजले मर्जर सम्झौता गरेको हो । अर्को संस्था स्वस्तिकले भने आईपीओ जारी गरेको छैन । अब संस्था एक आपसमा मर्ज भएपछि अनुमति लिएर एफपीओ जारी गरिने स्वस्तिक लघुवित्तका सीईओ जीवन खनालले जानकारी दिए ।

सीईओ खनालका अनुसार स्वाप रेसियो १ बराबर १ मा मर्जर हुनेछ भने मर्जर पछिको नाम स्वस्तीक समाज लघुवित्त वित्तीय संस्था रहने छ । मर्जरपछि बन्ने संस्थाको अध्यक्ष हाल स्वस्तिकको अध्यक्ष रहेका सत्यनारायण झा हुने र सीईओ समाजका सीईओरहेका किशोर महतो हुने प्रारम्भिक सहमति भएको छ ।

हाल स्वस्तिकको सीईओ रहेका खनाल भने नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्ने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?