
१२ असोज, विराटनगर । कोरोना संक्रमणबाट विराटनगर र धरानमा एक/एक जनाको मृत्यु भएको छ ।
सोमबार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ३८ वर्षीय महिला र नोबेल मेडिकल कलेज विराटनगरमा ५१ वर्षीय पुरुषको मृत्यु भएको हो ।
झापाको गौरादह-१ घर भएका ५१ वर्षीय पुरुषको सोमबार दिउँसो १ बजे नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा मृत्यु भएको शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
उनका अनुसार गत मंगलबारदेखि आइसोलेसनमा भर्ना गरेर संक्रमित पुरुषको उपचार सुरु गरिएको थियो ।
श्वासप्रश्वासमा समस्या भएकोभन्दै ती पुरुषलाई ३ असोजमा उपचारका लागि नोबेल ल्याइएको थियो । मृतक पुरुषमा मधुमेह, उच्च रक्तचाप र कलेजो सम्बन्धी समस्या थियो ।
सोमबार धरान उपमहानगरपालिका-२ की ३८ वर्षीय महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।
ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या र नेमोनियाको लक्षण देखिएपछि उनलाई आइतबार उपचारको लागि प्रतिष्ठानमा भर्ना गरिएको थियो ।
उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए ।
प्रतिक्रिया 4