+
+

नेकपा नेता जनार्दन शर्मालाई कोरोना संक्रमण

भाइ अनिल शर्मा पनि संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ९ गते ८:४३

९ कात्तिक, काठमाडौं । नेकपा नेता जनार्दन शर्मा ‘प्रभाकर’ र पत्नी लक्ष्मी शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार गरिएको परीक्षणमा शर्मा दम्पतीमा कोरोना संक्रमण देखिएको हो । उनमा हल्का ज्वरो आएपछि शंका लागेर स्वाब परीक्षण गरिएको थियो ।

आइतबार बिहान फेसबुकमा स्टाटस राख्दै  शर्माले आफूलाई संक्रमण भएको जानकारी दिएका छन् । केही दिनयता आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन प्रभाकरले अनुरोध गरेका छन् ।

पूर्व गृहमन्त्रीसमेत रहेका शर्मा होम आइसोलेसनमा छन् ।

शर्माका भाइ एवम् नेकपाका युवा नेता अनिल शर्मालाई पनि कोरोना संक्रमण देखिएको छ । उनी पनि होम आइसोलेसनमा बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?