
२६ कात्तिक, काठमाडौं । कोरोना भाइरसबाट प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउन अहिले विभिन्न प्रयास भइरहेका छन् । सोहीक्रममा व्यवसायीहरुले समेत नयाँ नयाँ उपाय खोज्न थालेका छन् । सोहीक्रममा युवा व्यवसायीले तिहारको मौका पारी ओखरको काठबाट बनेको घडी नेपाली बजारमा भित्राएका छन् ।
ओखरस्टोरडटकम कम्पनीका संस्थापक प्रकाश दाहालका अनुसार जापानिज मोडलमा निर्माण भएको यो घडीको नेपालमै एसेम्बल गरिएको हो । दराजसहित विभिन्न सपिङ इन्जिनबाट घडी बिक्री सुरु गरिएको दाहालले जानकारी दिए ।
‘तिहारमा ओखरको आफ्नै महत्व छ,’ दाहालले भने, दिदिबहिनीले दाजुभाईका लागि एक महत्वपूर्ण उपहारका रुपमा यसलाई प्रयोग गर्न सक्नु हुनेछ ।’ उनका अनुसार कम्पनीले नेपालमा एक घडी बिक्री गरेवापत एक ओखरको विरुवा रोप्ने भएको छ ।
‘यो घडी पूर्णतया काठबाट बनेको हो,’ उनी भन्छन्, घडी बनाउँदा काटिएको रुखको भपाई हामी नयाँ विरुवा रोपेर गर्दैछौं ।’ कम्पनीले यो घडी एक वर्षे वारेन्टीसहित बिक्रि गर्दैछ । यसको मूल्य भने कम्पनीले ४९९९ रुपैयाँ राखेको छ ।
प्रतिक्रिया 4