+
+

महासंघको कोषाध्यक्षमा हिराचन निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १५ गते १५:५९

१५ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सकुन्तलाल हिराचन निर्वाचित भएका छन् । सोमबार भएको कार्यसमिति भित्रको निर्वाचनमा ४० मत ल्याउँदै हिराचन कोषाध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्द्वी डिबी बस्नेतले ३१ मत ल्याए । महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गीका अनुसार कुल ७२ मत मध्येमा ७१ मत खसेको थियो ।

हिराचन किशोर प्रधान समूहबाट निर्वाचित भएका हुन् । नवनिर्वाचित कोषाध्यक्ष हिराचनलाई आजै सपथ खुवाएर कार्यभार दिने महासंघको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?