+
+

भोलि माफी माग्नुपर्ने स्थिति पनि आउनसक्छ : श्रममन्त्री चौधरी

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १२ गते १७:१६
मनोज पराजुली

१२ पुस, काठडमाडौं । नवनियुक्त श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले अधिकतम् रोजगारी सिर्जनाका लागि प्रयास गर्ने बताएका छन् । तर, महामारीका कारण अवस्था जटिल भएकाले प्रतिशत किटान गरेर भन्न नसकिने उनले बताए ।

‘अब कसरी रोजगारी सिर्जाना गर्ने भनेर छलफल हुन्छ,’ चौधरीले भने,’कसरत धेरै रोजगारी सिर्जाना गर्न प्रयास गर्छौं, तर महामारीले अवस्था सहज छैन,’ आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्दै उनले भने,’कति गर्न सकिन्छ, गर्न सकिन्न थाहा छैन, भोलि सकिएन भने माफी माग्नुपर्ने स्थिति पनि हुनसक्छ ।’

चौधरीले महामारीका कारण विश्वभर नै रोजगारीमा संकट आएको र देशभित्रको अगर्थतन्त्रसँगै रोजगारीमा संकट आएकाले कसरी काम गर्ने भनेर आफूले मन्त्रालयमा छलफल अघि बढाउने बताए ।

उनले वैदेशिक रोजगारीमा जानेलाई ठगिनबाट बचाउने पनि बताए । म्यानपावर कम्पनीलाई पारदर्शी रुपका काम गर्न भनिने भन्दै चौधरीले मापदण्ड विपरीत भइरहेका काम रोक्न प्रयास हुने बताए ।

उनले बेलायतसहित ६ वटा देशमा नयाँ कोरोना भाइरसको महामारी देखिएको भन्दै नेपाललाई त्यसको जोखिमबाट जोगाएर अघि बढाउन आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?