+
+

खुंखार अपहरणकारी सेठ्ठी र महत समूहका सदस्य पक्राउ

गौरव पोखरेल गौरव पोखरेल
२०७७ पुष १५ गते १४:४५

१५ पुस, काठमाडौं । खुंखार अपहरणकारी उदय सेठ्ठी र प्रह्लाद महतको समूहका एक जना सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।

बालाजुका व्यापारी बाबुराजा रावललाई १ पुस २०६५ मा अपहरण गरी साढे १ करोड रुपैयाँ फिरौती असूली गरेको प्रकरणमा संलग्न रहेको अभियोगमा सर्लाहीका कुमार बुढाथोकी पक्राउ परेका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुढाथोकीलाई भारतको दार्जिलिङबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो । स्रोतका अनुसार बुढाथोकी दार्जिलिङमा छद्म नाम राखेर बसेका थिए ।

नेपालमा अपहरण र फिरौती असूलीको अपराध भित्र्याउने अमर टण्डन समातिएपछि उनका सहयोगी महत र सेठ्ठीको मातहतमा रहेर बुढाथोकीले काम गरेका थिए ।

उदय सेठ्ठी र प्रह्लाद महत । अनलाइनखबर अर्काइभ ।

२०६६ को पुस अन्तिमतिर प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले सेठ्ठी, महतसहित विष्णु जिसी, टासी गुरुङ, विकास कार्कीलाई पक्राउ गरेपछि यो समूह ध्वस्त भएको थियो ।

अपहरणकारीको समूहमा लाग्नुअघि बुढाथोकी चोरी र डकैतीमा संलग्न थिए । उनी २०६४ सालमा बानेश्वर प्रहरीको हिरासतको भ्यान्टिलेसन तोडेर भागेका थिए ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?