+
+

विप्लव समूहका नेता बास्तोलालाई २४ घन्टाभित्र अदालतमा हाजिर गराउन आदेश

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १५ गते २०:३८

१५ माघ, काठमाडौं । विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई २४ घन्टाभित्र हाजिर गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीश मनोजकुमार शर्माको इजलासले बन्दीप्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो ? त्यसको आधार कारणसहित बाटो म्यादबाहेक २४ घन्टाभित्र बन्दीसहित जवाफ पेश गर्न भनेको हो ।

अदालतले बाँस्तोलामाथि कुनै कसूरमा अनुसन्धान भइरहेको भए, त्यसको सक्कल मिसिलसहित उपस्थित हुन पनि भनेको छ ।

बाँस्तोलालाई २८ पुसमा मकवानपुर र ललितपुरको सीमा क्षेत्रबाट प्रहरीको विशेष ब्युरोले पक्राउ गरेको थियो । हाल ललितपुर प्रहरी परिसर, जावलाखेलमा राखेर उनीमाथि अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?