
पशुपतिमा राष्ट्रपति विद्यादेवी भण्डारी । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर
१२ फागुन, काठमाडौं । पशुपतिनाथ मन्दिरमा बुधबार सुनको जलहरी राखिएको छ । बुधबार मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सुनको जलहरी राखिएको हो ।
गत महिना पशुपतिनाथमा पूजा गर्न जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्ने घोषणा गरेका थिए । सोही अनुसार बुधबार सुनको जलहरी राखिएको हो ।
जलहरी राखेपछि राष्ट्रपति भण्डारीले विशेष पूजा गरी फर्किएकी छन् । जलहरी राख्ने काम सकिएको र अब ३ दिनसम्म क्षमा पूजा गर्ने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4