
१२ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो वाइडनले अमेरिकाले नेपालसँगको सम्बन्धलाई सुदृढ बनाउन चाहेको बताएका छन् ।
अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले अमेरिकी विदेश मन्त्रालयमार्फत अमेरिकी राष्ट्रपतिलाई पठाएको ओहदाको प्रमाणपत्र बुझेपछि वाइडनले नेपालसँगको सम्बन्ध सुदृढ बनाउन चाहेको बताएका हुन् ।
ओहोदाको प्रमाणपत्र बुझेपछि त्यसको जवाफमा बाइडनले दिएको जवाफबारे अमेरिकास्थित नेपाली दूतावसले भनेको छ, ‘अमेरिकी राष्ट्रपतिले साझा एजेण्डाको आधारमा नेपालसँगको सम्बन्धलाई सुदृढ बनाउन चाहेको धारणा व्यक्त गर्नुभयो ।’
ओहदाको प्रमाणपत्रसँंगै खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको सन्देश सुनाएका थिए । राजदूत खतिवडाले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउँदै अमेरिकाले नेपाललाई गरेको निरन्तर सहयोगप्रति आभार व्यक्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4