
१२ फागुन, काठमाडौं । सर्वोच्च अदालत बार एशोसियसनले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले संवैधानिक सर्वोच्चतालाई स्थापित गरेको ठहर गरेको छ ।
सर्वोच्च बारले बुधबार विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको आदेशले मुुलुकको वर्तमान संवैधानिक संकटलाई समयमै निकास दिएको बताएको छ । सचिव ऋषिराम घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संसद् पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको आदेशले विधिको शासन, संविधानवाद र संवैधानिक सर्वोच्चता कायम गर्दै न्यायलय सक्षम, स्वतन्त्र, निर्भिक र निष्पक्ष रहेको तथ्य स्थापित भएको छ ।’
सर्वोच्च अदालतबाट भविष्यमा पनि सार्वभौम जनताले संविधानमार्फत् स्थापित गरेका मूल्य मान्यतालाई अझ बढी संरक्षण र स्थापित गर्ने कुरामा विश्वस्त रहेको समेत सर्वोच्च बारले उल्लेख गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4