
१३ फागुन, काठमाडौं । उपहार परेकाे भन्दै ठगी गरेको अभियोगमा काठमाडौंको याङरिमा हिलसिटीबाट तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका–७ घर भई काठमाडौंमा बस्दै आएका २६ वर्षीय दीपककुमार दुवे लगायत तीनजना छन् ।
विभिन्न मितिमा उपहार पर्याे भनी प्रलोभनमा पारी पीडितलाई आईएमई मार्फत पैसा पठाउन लगाइ ठगी गरेको सूचनाको आधारमा बुधबार साँझ ५३ हजार नगदसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
अन्य दुई जनाको भने पहिचान नखुलेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4