+
+

देशभर थपिए ११२ कोरोना संक्रमित, ८४ जना निकाे भए

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १३ गते १८:०१

१३ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ४ सय ११ जनाको नमुना परीक्षण गर्दा ५२ महिला र ६० जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ । तीमध्ये विहीबार ८४ सहित हालसम्म २ लाख ७० हजार २२३ जना निको भएका छन् । यस्तै कोरोना संक्रमणबाट हालसम्म २ हजार ७६७ जनाको मृत्यु भएको छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ८३ जनालाई मृत्यु हुनेको सूचीमा राखेको छ । यो यसअघि छुटेको संख्या भएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ८८२ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?