+
+

भारतको प्रतिक्रिया : संसद पुनर्स्थापना नेपालको आन्तरिक मामिला

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १३ गते २०:३३

१३ फागुन, काठमाडौं । प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलापछि उत्पन्न परिस्थितिलाई भारतले नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नियमित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा सो प्रतिक्रिया दिएका हुन् ।

अदालतको फैसलाबारे सोधिएको प्रश्नमा उनले भने,‘ २३ जनवरीमा नेपालको सर्वोच्च अदालतले गरेको फैसला हामीलाई थाहा छ । केही महिनायताको नेपालको राजनीतिक घट्नाक्रमलाई हामीले नजिकबाट हेरिरहेका छौ’ उनले अगाडि भने, ‘हामीले पहिला उल्लेख गरेझैं हामी के विश्वास गर्छौं भने यो नेपालको आन्तरिक मामिला हो र नेपालले आफ्नो प्रजातान्त्रिक प्रक्रिया र संस्थाद्धारा टुंगो लगाउने विषय हो ।’

यसअघि डिसेम्बर २४ मा प्रतिनिधि सभा विघटनप्रति प्रतिक्रिया जनाउँदै भारतले नेपालको घट्नाक्रमलाई नोट गरेको बताएको थियो । उसले प्रतिनिधि सभा विघटन नेपालको आन्तरिक मामिला भन्दै नेपालले प्रजातान्त्रिक प्रक्रियाद्धारा टुंगो लगाउने विषय भएको बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?