+
+

बालाजु सडक विस्तारको विरोधमा माइतीघरमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १४ गते १२:००

१४ फागुन, काठमाडौं । बृहत नागरिक आन्दोलन र सम्पदा संरक्षण अभियानकर्मीहरुले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।

बालाजु सडक विस्तार र कमलपोखरीमा कंक्रिटयुक्त संरचना बनाएको विरोधमा कवि, लेखक तथा संरक्षणकर्मीहरुले आज बिहान माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा राजेन्द्र महर्जन, विद्या श्रेष्ठ, नारायण वाग्ले लगायत सहभागी थिए । अन्य व्यक्तिहरु परम्परागत नेवारी भेषभुषा र बाजागाजासहित प्रदर्शन सहभागी थिए । अभियानकर्मीहरुले ‘विकासको नाममा प्रतिगमन’ लेखिएको ब्यानर बोकेका थिए ।

उनीहरुले बालाजु सडक विस्तारको विरोध गर्नेहरुमध्ये विरोचन श्रेष्ठ र सुमन सायमीलाई प्रहरीले नियन्त्रणमा लिएकाले उनीहरुलाई तत्काल रिहाइको माग गरे ।

सम्पदा बचाउन माग गर्दै उनीहरु माइतीघर मण्डलाबाट कमलपोखरी पनि पुग्दैछन् । कमलपोखरीको बिचमा ढलान गरिएको कमलको फूलको आकृति राखिएको छ।

फोटो: आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?