+
+

तारकेश्वरमा फेरि बर्ड फ्लु : १५ हजार कुखुरा नष्ट

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १४ गते १२:४७

१४, फागुन, काठमाडौं । काठमाडौंको तारकेश्वरमा देखा परेको बर्ड फ्लुका कारण झण्डै साढे १५ हजार कुखुरा नष्ट गरिएको पशु सेवा विभागले जनाएको छ ।

बिहीबार पुष्टि भएको बर्ड फ्लु नियन्त्रण गर्न संक्रमण देखा परेको क्षेत्र वरपरका लेयर्स, बोइलर र लोकल गरेर  १५ हजार ३५७ गोटा कुखुरा नष्ट गरिएको विभागका प्रवक्ता डा.चन्द्र ढकालले बताए ।

जसमा लेयर्स ५६५७, बोइलर ७२३६ र २५०४ गोटा लोकल कुखुरा छन् । यस्तै ३ हजार ५७० गोटा अण्डा, ५० गोटा टर्की र १७ बट्टाई  र ३ हजार किलो कुखराको दाना पनि नष्ट गरिएको नष्ट गरिएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै संक्रमण देखिएको क्षेत्र वरपर नि संक्रमणको काम सम्पन्न भएको पनि विभागले जनाएको छ ।

साथै कुराखा फार्म वरपर स्वस्थ्य सुरक्षाको उपाय अपनाउन, घरपालुवा पशुपन्छीलाई बाहृय पशुपन्छीको सम्पर्कमा आउन नदिन पनि विभागले किसान एवं व्यवसायीहरुलाई अपील गरेको छ ।

अस्वभाविक रुपमा पन्छी विरामी परे वा मरे तत्काल नजिकैको पशु सेवा निकायमा खबर गर्न पनि विभागले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?