+
+

भन्सारको महानिर्देशकमा यमलाल भुसाल, अर्थको वित्त महाशाखा प्रमुखमा दीर्घराज मैनाली

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १४ गते १७:३८

१४ फागुन, काठमाडौं । अर्थ मन्त्रालयमा सहसचिवहरुको खटनपटन भएको छ । अर्थ मन्त्रालयले भन्सार विभागको महानिर्देशकमा यमलाल भुसाललाई सरुवा गरेको छ । उनी यसअघि अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखामा थिए ।

यसअघि भन्सार विभागको नेतृत्वमा रहेका सुमन दाहाललाई भने अर्थमन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखामा ल्याइएको छ । प्रधानमन्त्री कार्यालयबाट अर्थ मन्त्रालयमा सरुवा भएका दीर्घराज मैनालीलाई वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा पदस्थापन गरिएको छ ।

यो स्थानमा यसअघि सहसचिव झक्कप्रसाद आचार्य थिए । उनीलाई भने अर्थले आन्तरिक राजस्व विभागको महानिर्देशक बनाएको छ । आर्थिक नीति विश्लेषण महाशाखामा भने डा. रामप्रसाद घिमिरेलाई ल्याइएको छ ।

उता, आन्तरिक राजस्व विभागको उपमहानिर्देशकमा भने दुई सहसचिव शम्भु मरासिनी र आनन्द काफ्लेलाई ल्याइएको छ । विमानस्थल भन्सारमा भने लक्ष्मीप्रसाद निरौलालाई तोकिएको मन्त्रालय स्रोतले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?