
१५ फागुन, काठमाडौं । लमजुङको बेंसीसहर नगरपालिका-११ पटेनीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।
ना ५ त २६२६ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी ३ सय मिटर तल खसेर शनिबार बिहान दुर्घटना हुँदा ट्याक्टर चालक बेंसीसहर नगरपालिका-११ का ३० वर्षीय सन्तोष मिजारको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ४० वर्षीय ध्रुव परियारलाई उपचारका लागि जिल्ला अस्पताल लमजुङतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4