+
+

‘अनुप्रस्थ’ व्याण्डको ‘सम्झेर मलाई’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २८ गते १६:२१

लोकप्रिय नेपाली व्याण्ड ‘अनुप्रस्थ’को नयाँ गीत ‘सम्झेर मलाई’को भिडियो सार्वजनिक भएको छ । व्याण्डले शिवरात्रीको अवसर पारेर बिहीबार बेलुका राजधानीको दरबारमार्गस्थित क्लब प्लाटिनममा आफ्नो प्रस्तुतिसहित भिडियो सार्वजनिक गरेको हो ।

गीतमा सुरेश शाहीको शब्द छ । निरन शाहीको स्वर छ । गीतमा निरनको गीतार, मञ्जिलराज श्रेष्ठको ड्रम, गोविन सुनुवारको गितार, लक्ष्मण डंगोलको बास गितार र सुरेश महर्जन डंगोलको पर्कसन सुन्न सकिन्छ ।

भिडियोमा भावना बराइली र गायक निरन फिचर्ड छन् । धिरज काफ्ले प्रोडक्सन डाइरेक्टर रहेको भिडियोमा आशिष घिमिरेको भीएफएक्स र कम्पोजिसन, धिरज काफ्लेको भीएफएक्स र एनिमेसन सुपरभिजन, आशिष घिमिरे र अनोष गिरी सुनुवारको एनिमेसन, बिषी गुरुङ र आशिष घिमिरेको टुडी एनिमेसन, आनोस गिरी, विशाल गुरुङ र आशिष घिमिरेको एनिमेसन, आशिष घिमिरे, रुपेश पण्डित र बबिन बुढाथोकीको रोटोस्कोपिङ र आशिष घिमिरेको क्रोमा छ ।

भिडियो अनुप्रस्थ बेण्ड अफिसियलबाट रिलिज गरिएको हो । झण्डै १५ सयको हाराहारीमा उपस्थित दर्शकमाझ व्याण्डले १५ वटा गीत गाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?