+
+

द्रूतमार्ग क्षेत्रमा डढेलो (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १४ गते १२:३१

१४ चैत, काठमाडौं । चैत लागेसँगै देशभरका विभिन्न वनजंगलहरुमा डढेलो लाग्ने क्रम सुरु भएको छ । खडेरी सुरु भएसँगै मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासीलगायत जिल्लाका वनहरुमा डढेलो सल्किएका छन् ।

शुक्रबार र शनिबार पनि बाराको निजगढ आसपासमा रहेको वनमा ठूलो आगलागी भएको छ । मकवानपुरको भीमफेदीलगायतको ठाउँको वनहरुमा समेत आगलागी भइरहेको छ । वन विभागको तथ्यांकअनुसार शुक्रबार मात्रै ४३७ ठाउँका वनजंगलमा आगलागी भइरहेको छ ।

यो गत वर्षको यही अवधिको तुलनामा उच्च दरको वनडढेलो हो । वन विभागका जीआईएस शाखाका उपसचिव सुन्दर शर्माका अनुसार ५४ जिल्लाका वनमा डढेलो देखिएको छ । विभागका अनुसार पश्चिम तराई, मध्य तराई र पश्चिमी तथा मध्यपहाडी क्षेत्रका वनमा बढी डढेलो लागेको छ । बिहीबारसम्म यस्तो आगलागी ४७ जिल्लामा मात्रै थियो ।

तस्वीरमा हेर्नुस् निर्माणाधीन तराई-मधेश द्रूतमार्गमा पर्ने मकवानपुर तथा बाराको विभिन्न जगंगलहरुमा लागेको डढेलो :

तस्वीर  : चन्द्रबहादुर आले मगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?