
१७ चैत, विराटनगर । प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेकपा एमालेका १६ जना सांसदले नाम फिर्ता लिएका छन् ।
उनीहरुले मंगलबार प्रदेशसभा सचिवालयलाई पत्र लेखी अविश्वास प्रस्तावबाट नाम फिर्ता लिएका हुन् ।
यसअघि गत पुस १२ गते तत्कालिन नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।
अविश्वास प्रस्ताव फिर्ता लिने एमाले सांसदहरुले फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि नयाँ राजनीतिक परिस्थिति निर्माण भएको भन्दै अविश्वास प्रस्तावबाट समर्थन फिर्ता लिएका हुन् ।
एमाले सांसदहरुले अविश्वास प्रस्तावबाट नाम फिर्ता लिएपछि अब मुख्यमन्त्री शेरधन राईको पद जोगिने भएको छ । प्रदेशसभामा एमालेको ५१ सांसद छन् । ९३ सदस्य रहेको प्रदेशसभामा सरकार निर्माणका लागि ४६ सांसद भए पुग्छ ।
प्रतिक्रिया 4