
१७ जेठ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षका प्रदेश २ समितिले प्रतिनिधिसभा विघटनबिरुद्व आन्दोलन घोषणा गरेको छ ।
प्रदेशका पदाधिकारी एवं आठै जिल्लाका अध्यक्षहरुको भर्चुअल बैठकले आन्दोलन घोषणा गर्ने निर्णय गरेको हो । आन्दोलन गर्दा सम्भव भए नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा एमालेको माधव नेपाल पक्षधरसँग सहकार्य गर्न जिल्ला अध्यक्षहरुलाई पत्राचार गरिएको छ ।
जेठ १८ गते मंगलबार साँझ ५ बजे सबै पालिका केन्द्रमा राष्ट्रपति तथा प्रधानमन्त्रीको पुत्ला दहनको कार्यक्रम घोषणा गरिएको छ ।
यस्तै, बुधबार सबै पालिका केन्द्र तथा मुख्य शहरमा मसाल जुलुस निकाल्ने कार्यक्रम तय गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4