+
+

गोकर्ण फरेस्ट रिसोर्टमा १५ भवन थपिंदै, ७० करोड लगानीको योजना

अच्युत पुरी अच्युत पुरी
२०७८ असार १३ गते १८:२७
फाइल तस्वीर : गोकर्ण फरेस्ट रिसोर्ट

१३ असार, काठमाडौं । काठमाडौंको गोकर्णमा रहेको गोकर्ण फरेस्ट रिसोर्टले थप रिसोर्टभित्र थप १५ वटा भवन थप गर्ने भएको छ । कुल ७० करोड रुपैयाँ लगानीमा क्षमता विस्तार गर्न लागेको रिसोर्टले जनाएको छ । आगामी दुई वर्षभित्र थप १५ भवन निर्माण गरी क्षमता बढाउन लागेको रिसोर्टले सर्भिस अपार्टमेन्ट, भिल्ला, सभाहल र बैङ्क्केट हल निर्माणको योजना रहेको बताएको छ ।

सो प्रयोजनका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकनसम्बन्धी प्रतिवेदन रिसोर्टले वन तथा वातावरण मन्त्रालयमा बुझाएको छ । मन्त्रालयमा बुझाएको प्रतिवेदन अनुसार यो रिसोर्टमा अहिले एक सय पाहुना कोठामा १६२ वटा बेड रहेका छन् । थप भएपछि गोकर्णमा पाहुना कोठाको संख्या १४८ पुग्नेछ । बेड संख्या भने २५२ पुग्ने छ । यो विद्यमान बेड संख्याभन्दा ९० बढी हो । वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै यसमा सरोकारवालाबाट सुझाव माग गरेको छ ।

रिसोर्टले अहिले २६० जना कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिएको छ । नयाँ भवन थप गरी क्षमता विस्तार गरेसँगै थप एक सय कर्मचारीले रोजगारी पाउने रिसोर्टले जनाएको छ । अहिले रिसोर्टमा काम गरिरहेकामध्ये ६० जना स्थानीय बासिन्दा रहेको प्रतिवेदनमा उल्लेख छ ।

१५ भवनमा के–के थप गर्नेछ रिसोर्टले ?

प्रतिवेदन अनुसार थप हुने १५ वटा भवनमा तीन तलाको सर्भिस अर्पाटमेन्ट रहनेछ । जहाँ हरेक तलामा ८ वटा पाहुना कोठा निर्माणको योजना रिसोर्टले बनाएको छ । रिसोर्टले २÷२ वटा पाहुना कोटासहितका १२ वटा भिल्ला बनाउने भएको छ । यसले कुल २४ वटा पाहुना कोठा थप हुने भएका छन् । यस्तै रिसोर्टले बनाउन लागेको अर्को भवन सभाहल हो । जहाँ तीनवटा भूमिगत तला र भुइँतला रहने भएको छ । अर्को भवन भने कन्भेन्सन हल र सभाहल बन्ने रिसोर्टले जनाएको छ ।

कुल भवनको संख्या र्‍ २६ (हाल सञ्चालित–११, प्रस्तावित–१५)

कुल कोठा संख्या र्‍ १४८ (हाल सञ्चालित–१००, प्रस्तावित–४८)

कुल बेड संख्या र्‍ २५२ (हाल सञ्चालित–१६२, प्रस्तावित–९०)

२६ वर्षपछि क्षमता बढाउँदै

गोकर्ण फरेस्ट रिसोर्ट रहेको जग्गा नेपाल ट्रष्टको हो । यती समूहको स्वामित्वमा रहेको गोकर्ण फरेस्ट रिसोर्ट प्रालिले जग्गा भाडामा लिएर सन् १९९५ देखि रिसोर्ट सञ्चालन गर्दै आएको छ । त्यसयता प्रालिले साढे दुई दशकपछि क्षमता बढाउन लागेको हो । कुल २ हजार ९९२ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टको हाल एक प्रतिशत मात्र भूभाग भवन र संरचनाले ढाकेको र ९९ प्रतिशत खुला र हरियाली क्षेत्र रहेको रिसोर्टले मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा उल्लेख छ । रिसोर्टले प्रस्तावित भवन निर्माणका दौरान दैनिक ४० जना जनशक्ति चाहिने र सो क्रममा स्थानीय युवालाई अवसर दिने रिसोर्टको योजना छ ।

रिसोर्टमा भवन थप्दा कस्तो असर पर्ला ?

रिसोर्टले मन्त्रालयलाई बुझाएको प्रतिवेदन अनुसार त्यहाँ निर्माण गरिने भवन खाली जग्गामा बन्नेछन् । निर्माण सम्पन्न भएसँगै रिसोर्टमा दैनिक २ लाख लिटर पानी खपत हुनेछ । आवश्यक पानी प्राकृतिक स्रोत, निजी वितरकबाट आपूर्ति गर्ने योजना कम्पनीले बनाएको छ । रिसोर्टमा भवन निर्माण गर्दा कुनै पनि रुख नकाट्ने कम्पनीले जनाएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?