
१४ असार, जनकपुरधाम । प्रदेश २ मा १४ लाखभन्दा बढी बिरुवा रोप्ने अभियान सुरु भएको छ । सोमबार प्रदेशका आठवटै जिल्लामा एकसाथ यो अभियान सुरु गरिएको हो ।
सोमबार राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर प्रदेश सरकारले यो अभियान सुरु गरेको हो । अभियानको एक कार्यक्रमबीच मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरेका छन् । उनले धनुषाको मिथिला नगरपालिका–४ पुष्पलपुरमा बर र पिपलको रुख रोपेर अभियानको शुभारम्भ गरे ।
उक्त अभियानअन्तर्गत सात दिनसम्म प्रदेशका सबै जिल्लामा वृक्षारोपण गरिनेछ । आठवटै जिल्लाको कुल ११ सय ३५ हेक्टर जग्गामा १४ लाख ४६ हजार ७ सय ९६ वटा विरुवा रोप्ने कार्यक्रम रहेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा. रामचन्द्र कँडेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4