
प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा प्रवेश गरेका छन् । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर
१ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित सरकारी निवासमा प्रवेश गरेका छन् । उनी शुक्रबार बिहान १० बजे बालुवाटारस्थित निवासमा सरेका हुन् ।
गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आएका थिए ।
देउवा मंगलबार साँझ प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाडेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4