
१२ साउन, काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत जाने भएको छ ।
सोमवार निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिता उपेन्द्र यादव पक्षलाई दिएपछि आयोगको सो निर्णयविरुद्ध ठाकुर पक्ष सर्वोच्च अदालत जाने ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले बताए ।
मंगलवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै ठाकुर पक्षका नेता कर्णले निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च जाने बताए । उनले यस विषयमा आवश्यक कानूनी परामर्श गरिरहेको पनि बताए ।
उनले भने, ‘हाम्रो कानूनले के भन्छ, उसैको फैसला अन्तिम हुन्छ । अन्तिम भएको कारणबाट पुनरावेदन लाग्दैन । सर्वोच्च अदालतको असाधारण क्षेत्राधिकार पावरभित्र फेरि जाने सोचिराख्या छौँ । सँगै बस्ने अवस्था पनि छैन । सँगै बस्ने वातावरण त निर्वाचन आयोगले नै दिएन नि । ३४ र १६ त भन्दियो नि । अलग-अलग हौ भन्दियो नि । यो फैसलाको आलोचना, छलफल गर्छौं । यसमाथि हामी सर्वोच्च जान्छौँ ।’
उनले पार्टी एक रहोस् भन्ने प्रयास कतैबाट पनि नभएको बताए । निर्वाचन आयोगले सँगै बस्ने वातावरण नदिएको उनले आरोप लगाए ।
प्रतिक्रिया 4