+
+

महोत्तरीको रातु खोला किनारमा भेटियो टाउको नभएको शव

रासस रासस
२०७८ साउन १४ गते १०:०६

१४ साउन, जलेश्वर । महोत्तरीको जलेश्वरमा अवस्थित रातु खोला किनामा टाउको नभएको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वरमा रहेको रातु खोलाको पश्चिमी किनारबाट बुधबार प्रहरीले टाउकोसहित शरीरको आधा भाग नभएको शव फेला पारेको हो ।

जलेश्वर नगरपालिका-३ स्थित मलिवारा गाउँमा रातु नदीको किनारमा पानीमा तैरिहेको अवस्थामा आधा शव फेला परेको हो ।

शवको टाउको, छाती नरहेको र पेटलगायतका आधा भाग पनि सडेगलेको अवस्थामा पानीमा तैरिरहेको फेला परेका कारण महिला पुरुष के रहेको कुरा पनि खुल्न नसकेको बताएको छ । प्रहरीले सो शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?