
१३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रबाट निष्कासनमा परेका चार नेताले दिएको रिटमा बिहीबार सर्वोच्च अदालतमा सुनुवाइ भएन । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा परेको उक्त मुद्दा हेर्न नभ्याइनेमा परेको छ । अब यस रिटमा अर्को दिन सुनुवाइ हुने भएको छ ।
पूर्वमाओवादी नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरुले दल त्याग नगरेको भन्दै सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै सर्वोच्चमा रिट दिएका थिए ।
एमाले र माओवादी केन्द्र अलग भएपछि उनीहरु एमालेमै बसेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4