+
+

माधव नेपाललाई भेटेर सुवास नेम्वाङले भने- तपाईं र ओली कुरा गर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १४ गते १८:४२

१४ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई संसदीय दलका उपनेता सुवास नेम्वाङले भेटेका छन् । नेम्वाङले नेता नेपाललाई भेटेर पार्टी एकतालाई निष्कर्षमा पुर्याउन आग्रह गरेका छन् ।

दशबुँदे सहमति जुटाउने कार्यदलमा अध्यक्ष केपी शर्मा ओली तर्फबाट नेम्वाङ संयोजक थिए । ‘एकताको सन्दर्भमा कुराकानी छलफल भयो । तपाईं र अध्यक्ष कमरेड भेटघाट गर्नुहोस् । कुराकानी गर्नुहोस् । एकतालाई निष्कर्षमा पुर्याउनुपर्छ भनेको छु,’ नेम्वाङले भने ।

दशबुँदे सहमतिको जगमा उभिएर अगाडि बढ्न आग्रह गरेको उनले बताए । ‘दशबुँदे सहमति गरेका छौं । यसलाई टुंगोमा पुर्याउनुपर्छ । अब अध्यक्ष र तपाईं कुराकानी गरेर अगाडि बढ्न मात्रै बाँकी छ,’ नेम्वाङको आग्रह थियो ।

जवाफमा नेता नेपालले छलफल गरेर अगाडि बढ्ने बताएका थिए । ‘उहाँले ठिकै छ, छलफल गरौंला नि भन्नुभयो । अरुसँग पनि भेटघाट गर्छु भन्नुभएको छ,’ नेम्वाङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?