Nepal vs Canada 3rd ODI Nepal Vs Canada ODI Series
नेपाल
२३४/१क्यानडा
२३२/८
भीमको करिअरको पहिलो शतक । भीमले १२७ बलमा आफ्नो करिअरकै पहिलो शतक हानेका हुन् । नेपाली क्रिकेटमा दुर्लभ नयाँ इतिहास पनि लेखिएको छ । नेपाली क्रिकेट इतिहासमा एकै खेलमा पहिलो पटक दुई शतक बनेको । यसअघि नेपालको सिनियर टोलीबाट कुनैपनि खेलमा दुई शतक एकै पटक बनेको थिएन । यू–१९ क्रिकेटमा भने गतवर्ष देव खनाल १२५ र अर्जुन कुमाल १०८ रन कुवेतविरुद्ध हानेका थिए ।
लङअनमा चौका । अनिलको नेपाली क्रिकेटमा गज्जबको पुनरागमन । अनिलले आक्रामक सुरुवात दिलाएका छन् । दोस्रो ओभरमा तीव्र गतिका बलर उदय भागवानलाई लगातार चार चौका हानेका थिए । आज ठूलो इनिङ खेल्ने अवसर पनि छ उनीसँग । २०२२ पछि नेपालको जर्सीमा फर्किएका अनिल दोस्रो खेल खेलिराखेका छन् । दोस्रो ओडीआईमा शनिबार पुनरागमन खेलमा अनिलले २० बलमा ५० रन बनाएका थिए । एक समय अनिल १३ बलमा ४३ रनमा पुगेको भए पनि अर्धशतक भने १९ बलमा पूरा गरेका थिए ।
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
साद विन जफर
|
31 | 15 | 3 | 2 | 206 | |||||||
आरोन जोनसन
|
4 | 10 | 1 | 0 | 40 | |||||||
डिलोन हेलिगर
|
4 | 3 | 1 | 0 | 133 | |||||||
हर्श थाकर
|
29 | 57 | 2 | 0 | 50 | |||||||
नवनित दलिवाल
|
50 | 81 | 5 | 0 | 61 | |||||||
निकोलस किर्तोन
|
3 | 12 | 0 | 0 | 25 | |||||||
निखिल दत्त
|
45 | 61 | 2 | 1 | 73 | |||||||
शाहिद अहमदजाई
|
4 | 4 | 0 | 0 | 100 | |||||||
श्रेयास मोभ्भा
|
25 | 29 | 1 | 0 | 86 | |||||||
श्रीमन्था विजयरत्ने
|
22 | 28 | 2 | 0 | 78 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
पवन सर्राफ
|
7 | 32 | 1 | 4.57 | |||||||
आकाश चन्द
|
8.1 | 53 | 1 | 6.49 | |||||||
कुशल मल्ल
|
10 | 38 | 2 | 3.8 | |||||||
हेमन्त धामी
|
8.1 | 51 | 3 | 6.24 | |||||||
ललित राजवंशी
|
10 | 31 | 1 | 3.1 | |||||||
कुशल भुर्तेल
|
7.1 | 25 | 0 | 3.49 |
ब्यटिङ नगरेका
विकेट गुमेका
ब्याटिङ | R | B | 4s | 6s | S/R | |||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|
अनिल साह
|
112 | 124 | 12 | 3 | 90.32 | |||||||
कुशल भुर्तेल
|
13 | 14 | 3 | 0 | 92.86 |
बलिङ | O | M | R | W | Econ | ||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
साद विन जफर
|
10 | 0 | 0 | 0 | |||||||
डिलोन हेलिगर
|
6 | 4 | 1 | 0.67 | |||||||
हर्श थाकर
|
3 | 0 | 0 | 0 | |||||||
निखिल दत्त
|
9 | 0 | 0 | 0 | |||||||
शाहिद अहमदजाई
|
10.1 | 0 | 0 | 0 | |||||||
उदय भागवान
|
6.3 | 0 | 0 | 0 |
हेमन्तले डेब्यू खेलमा ८ ओभरमा ४९ रन खर्चेर ३ विकेट लिन सफल । अघिल्लो महिना अभ्यासको कारण यू१९ विश्वकप गुमाएका हेमन्तले तेस्रो ओडीआईमा भने नेपालविरुद्ध ने खेल्ने मौका पाएका थिए ।
डीप मिडविकेटमा चौका ।
हेमन्तलाई डेब्यू खेलमा तेस्रो विकेट । डीप प्वाइन्टमा आरिफ शेखबाट क्याच आउट । त्यसअघिको बलमा सोही स्थानमा चौका ।
विकेट । लगातार दुई छक्कापछि जफरले एक रन लिन अपिल गरेपछि दत्त दौडिए । भीम सार्कीको उत्कृष्ट थ्रोमा विकेटकिपर अनिल कुमार साहले रन आउट गरे । दत्त ६२ बलमा २ चौका र १ छक्कासहित ४५ रनमा रन आउट भएसँगै दोस्रो ओडीआई अर्धशतक पूरा गर्न ५ रनले चुके ।
लगातार दोस्रो छक्का । त्यहिँ ठाउँ । त्यहिँ सट ।
क्यानडाका कप्तान साद विन जफरले लङअनतर्फ टियु एन्डको दर्शक दीर्घामा छक्का हानेका छन् ।
सुन्दर सट र चौका । अफ साइडको बल सर्ट थर्डम्यानका फिल्डर आरिफबाट ग्यापमा निकाल्दै चौका प्रहार ।
एक्स्ट्रा कभरमा चौका । फिलिडर कुशल मल्लको छेउबाट सुन्दर सट प्रहार ।
हेमन्तलाई दोस्रो विकेट । टप एज लागेर मिडविकेटमा कुशल भुर्तेलबाट सहज क्याच आउट ।
नेपालका दुई फिल्डर पवन सरार्फ र कुशल मल्लको बीचबाट कभरमा सुन्दर चौका ।
क्यानडाको यस खेलको पहिलो छक्का । स्पिनर कुशल मल्ललाई चोभार एन्डको लङअनमा छक्का प्रहार ।
कुशललाई सफलता । नेपाली खेलाडीको अपिलमा अम्पायरले केहि समय लिँदै औंला उठाई दिएका छन् । हर्ष २९ रनमा आउट । ड्रिंक ब्रेक । क्यानडा ३६.५ ओभरमा १३२-५ । श्रेयस मोभ्भा ब्याटिङका लागि क्रिजमा छिरेका छन् ।
जीवनदान । स्टेटमा खेल्नेक्रममा कट एण्ड बोल्ड आउट गर्ने अवसरबाट मिस । कुशलको हातमा लागेर छुट्न पुग्यो ।
हर्ष क्यानडाका हिटर हुन् । निखिल स्पिन अलराउन्डर । भरपर्दा विकेटकिपर श्रेयस मोभ्भा ब्याटिङमा आउन बाँकी छ । त्यसपछि आउने क्यानडाका सबै बलर हुँदा राम्रो ब्याटिङका लागि चिनिदैनन् । त्यसैले हर्षको विकेट लिन सके नेपाल खेलमा हाबी हुनसक्छ ।
फ्रि हिटको बल एक रनको लागी कभरमा सट ।
लङअफमा कुशल मल्लको छेऊबाटै शक्तिशाली चौका ।
नेपालले ओपनर कुशल भुर्तेललाई लगातार बलिङ आक्रामणमा लगाएको छ । लेग स्पिन गर्ने कुशललाई दुबै एन्डबाट बलिङ लगाएको थियो । टियुबाट विकेट नआएपछि अव चोभार एन्डबाट आएका छन् ।
अर्धशतक लगत्तै आउट । अफसाइडको बल तानेर खेल्ने धुनमा लङअनमा आकाश चन्दबाट क्याच आउट ।
नवनिन धलिवालकोे ओडीआई करिअरको पहिलो अर्धशतक । यसै सिरिजमा पहिलो खेलमा नेपालविरुद्ध ओडीआईमा डेब्यू गरेका थिए । पहिलो खेलमा ६ र दोस्रो खेलमा ४६ रनमा आउट भएका थिए ।
ओहो ! जीवनदान । एज लागेको बल फस्ट स्लिपमा आरिफले जम्प हान्दै प्रयास गरेपनि अन्तिम समयमा असफल ।
एज लागेर चौका
जोडदार अपिल गरेपनि अम्पायर विनयकुमार झाले कुनै पनि संकेत दिएनन् । आज खेल भएको दोस्रो नम्बरको पिच स्पिनर सहयोगी मानिन्छ । ब्याटिङका लागि त्यति सहज मानिदैन ।
नेपाली जोन्टीको उत्कृष्ट क्याच । भीम सार्कीले लामो दौडका साथ काउ कर्नरमा किर्तोनको क्याच लिएका छन् । सुरुवाती दुई पटक हातबाट फुत्केको अवस्थामा उनले तेस्रो प्रयासमा सानदार क्याच लिन सफल भएका हुन् । तस्विर : अर्यान धिमाल ।
कभरमा चौका
हेमन्त धामी मिडअन र भीम सार्की डीप स्क्वायरमा हुँदा डिप मिडविकेटको खाली ठाउँको भरपूर्ण फाइदा उठाउँदै चौका ।
खराब सट खेल्दै कभरमा कप्तान रोहित पौडेलबाट सहज क्याच आउट । आज पहिलो खेल खेल्ने मौका पाएका श्रीलंका मुलका विजयरत्ने २२ रनमा क्याच आउट । वेस्टइन्डिज मुलका निकोल किर्तोन आएका छन् ।
बाउन्सर बल धेरै हाइ हुँदा वाइड
डीप प्वाइन्टमा चौका
लेग वाइको रुपमा फाइन लेगमा चौका ।
डेब्यू खेल खेलेका नेपालका तीव्र गतिका बलर हेमन्त धामी र क्यानडाका नवनित धलिवाल । तस्विर : आर्यन धिमाल ।
कोलोम्बोमा जन्मिएका विजयरत्नेले श्रीलंकाबाट यू१९ क्रिकेट र फस्ट क्लास क्रिकेट पनि खेलेका थिए ।
विजयरत्नेले २०१८ मा डिभिजन २ मा नेपालविरुद्ध शतक हानेका थिए । करण केसीको मिराकल प्रदर्शनमा नेपालले जितका साथ ओडीआई मान्यताको आधारतर्फ अघि बढेको थियो । टि२० विशेष खेलाडी विजयरत्ने नेपालमा फ्रेन्चाइज लिग खेली सकेका छन् ।
स्टेटमा चौका
कभरमाथि चौका ।
रन आउटको अवसर । मिडअनबाट डाइरेक्ट थ्रो ताक्न सकेको भए आउटको सम्भावना ।
विजयरत्नेले पहिलो पटक यस सिरिजमा खेलेका छन् । कभरमा चौका हान्दै सुरुवात गरेका छन् ।
हेमन्तलाई डेब्यू विकेट । थर्डम्यानमा आरोन जोनसन देव खनालबाट क्याच आउट भए । अफ साइटको बल थर्डम्यानमा सट खेल्ने धुनमा एज लागेर आउट भएका हुन् । डेब्यू विकेटपछि खुसी मनाउँदै हेमन्त । तस्विर : आर्यन धिमाल
डीप प्वाइन्ट कभरमा चौका । वाइडबाट सुरुवात गरेपनि हेमन्तले त्यसपछि स्वींग र योर्करका साथ डट राखेका थिए ।
डेब्यू खेल खेलेका तीव्र गतिका बलर हेमन्त धामीले चोभार एन्डबाट नेपालको बलिङ सुरुवात गरेका छन् । उक्त वल वाइड हुन पुगेको छ ।