+

मुटुलाई सुरक्षित राख्ने सजिलो आठ तरिका

स्वस्थ खानपान

चिल्लो कम, नुन ठिक्क मात्रामा, हरियो सागसब्जी, सलाद, गेडागुडी, कम मात्रामा रातो मासु , माछा हप्तामा कम्तीमा दुई छाक खाने ।

दैनिक व्यायाम

दिनमा कम्तीमा ३० मिनेट फटाफट हिंड्ने । नियमित व्यायाम तथा चिकित्सकको सल्लाहमा मुटु सम्बन्धी एक्सरसाइज गरेर पनि मुटु सम्बन्धी रोग लाग्नबाट बच्न सकिन्छ ।

Advertisement

तौल नियन्त्रण

तौल नियन्त्रणमा राख्ने, बीएमआई १८–२२ मा राख्ने ।

धुम्रपान नगर्ने

धुम्रपानको सेवनले मुटुरोगको जोखिम बढाउने भएकाले यसबाट टाढा रहने ।

दीर्घरोग नियन्त्रणमा राख्ने

कोलेस्टेरोल, मधुमेह र रक्तचापलाई नियन्त्रणमा राख्ने ।

रक्सी सेवन नगर्ने

रक्सीले रक्तचाप र शरीरमा कोलेस्टेरोलको मात्रा बढाइदिन्छ र अप्रत्यक्ष रुपमा कोरोनरी हृदयरोगको सम्भावना उच्च हुने गर्छ ।

पर्याप्त निद्रा

दैनिक कम्तीमा सातदेखि आठ घण्टा सुत्ने बानी गर्ने ।

तनाव व्यवस्थापन

मुटुरोग लाग्नुको एउटा कारण तनाव पनि हो । त्यसैले तनाव र चिन्ताबाट टाढा रहन योगा, ध्यान गर्ने ।