+

१० मास्टरपिस फिल्म, जसले तपाईंको मन हल्लाउँछ

सिटिजन केन

सन् १९४१मा रिलिज भएको फिल्म ‘सिटिजन केन’ हेर्ने जो कोहीले विर्सन सक्दैनन् । ओर्सन वेल्सले निर्देशन गरेको सो फिल्म विश्वकै सर्वकालीन उत्कृष्ट मानिन्छ । कथावस्तु मात्र होइन, फिल्म निर्माण शैली र छायंकन पनि तारिफयोग्य थियो । सिटिजन केन एक धनी व्यक्तिको जीवन र उसँग जोडिएको रहस्यमयी शब्द ‘रोजबड’को हो ।

द गडफादर

सन् १९७२मा रिलिज भएको द गडफादर पनि सर्वोत्कृष्ट फिल्ममा पर्छ । फ्रान्सिस फोर्ड कोपोलाले निर्देशन गरेको फिल्ममा माफिया परिवारको शक्ति, विश्वासघातक र पारिवारिक बन्धनको कथाले दर्शकलाई छोएको छ ।

Advertisement

पल्प फिक्सन

केन्टिन टारान्टिनोले निर्देशन गरेको पल्प फिक्सन पनि मास्टरपिस मानिन्छ । सन् १९९४मा रिलिज भएको फिल्ममा तीखो संवाद, अपराध र हिंसालाई कलात्मक शैलीले देखाइएको छ ।कथामा पप  संस्कृतिको मिश्रणले फिल्मलाई आधुनिक क्लासिक बनायो ।

शिन्डलर्स लिस्ट

शिन्डलर्स लिस्ट फिल्म हेर्ने पर्ने फिल्म हो। सन् १९९३मा आएको फिल्म ओस्कार सिन्डलरको मन छुने वास्तविक कथामा आधारित छ । स्टिभन स्पिलबर्गले निर्देशन गरेको फिल्ममा होलोकास्टको क्रूरता र त्यसमा रहिरेको झिनो मानवताको आस चित्रण गरिएको छ ।

सेभेन समुराय

जापानी फिल्म सेभेन समुराय पनि सर्वोत्कृष्ट फिल्ममा पर्छ । सन् १९५४मा प्रदर्शनमा आएको अकिरा कुरोसावाले निर्देशन फिल्मले सात समुराय र गाउँलेहरुको संघर्षको कथा बोकेको छ ।

२००१ : ए स्पेस ओडिसी

सन् १९६८मा प्रर्दशनमा आएको स्टयान्ली कुब्रिकद्धारा निर्देशित २००१ : ए स्पेस ओडिसी फिल्म पनि सदावाहर मास्टरपिस हो । यसमा मानव विकास, क्रान्तिकारी दृश्य र अन्तरिक्षको कथा देखाइएको छ । यो फिल्मलाई विज्ञान कथा सिनेमाको कोसेढुंगा मानिन्छ ।

बाइसाइकल थिब्स

भिट्टोरियो डे सिकाले निर्देशन गरेको बाइसाइकल थिब्स इटालियन नागरिकले भोग्नु परेको गरिबी र संघर्षको कथा हो । कथाको सुरुवात साइकल चोरीबाट हुन्छ । सन् १९४८मा रिलिज भएको सो फिल्म सर्वोत्कृष्ट बन्यो ।

शशांक रिडेम्प्शन

सन् १९९४मा आएको फिल्ममा जेलभित्रको संघर्ष र आशाको प्रेरणादायी कथा चित्रण गरिएको छ । जसले विश्वमै चर्चा पायो । र्फ्यांक डाराबोन्टले निर्देशन गरेको शशांक रिडेम्प्शन स्वतन्त्रता र मानव संकल्पको उत्कृष्ट चित्रण मानिन्छ ।

पारासाइट

सामाजिक असमानता र वर्ग संघर्षको कथालाई हास्य तर तनावपूर्ण शैलीमा प्रस्तुत गरिएको छ । बओन्ग जोओनहोले निर्देशन गरेको सो फिल्म ओस्कार जित्ने पहिलो गैर–अंग्रेजी चलचित्र हो । जुन २०१९मा रिलिज भएको थियो ।

एपोक्यालिप्स नाउ

भियतनाम युद्धमा मानव मनको अन्धकार र पागलपन देखाइएको एपोक्यालिप्स नाउ पनि विश्व मास्टरपिस फिल्म बन्यो । सन् १९७९मा फ्रान्सिस फोर्ड कोपोलोले निर्देशन गरेको फिल्ममा मार्लोन ब्रान्डोको अविस्मरणीय अभिनय रहेको छ ।