
व्यायाम
व्यायामले मस्तिष्क कोषहरू बीचको सञ्चारलाई सुधार गर्छ। शारीरिक गतिविधि बढाउँदा मस्तिष्कमा रक्तसञ्चार पनि बढ्छ । मेमोरी र संज्ञानात्मक कार्यलाई बढाउँछ ।

केही गतिविधिका साथ सम्झिने
केही गतिविधिको साथ केही काम गरेमा सम्झिने सम्भावना बढी हुन्छ । उदाहरणका लागि यदि कुनै प्रस्तुतीकरण वा भाषण दिनु छ भने, त्यसका लागि तयारी गर्दा हिँड्दै वा नाच्दै आफ्ना नोटहरू कण्ठ गरियो भने त्यो छिटो याद हुन्छ ।

सन्तुलित आहार
जति चिनी र क्यालोरी खाइन्छ त्यसको २० प्रतिशत सिधै मस्तिष्कमा जान्छ । त्यसैले, मस्तिष्कको कार्यशैली ग्लुकोजको स्तरमा निर्भर हुन्छ । यदि चिनीको मात्रा नियन्त्रण गरिएन भने दिमाग अन्योलमा पर्नसक्छ र मस्तिष्कको कार्यशैली उल्टै प्रभावित हुनसक्छ ।

तनाव व्यवस्थापन
लामो समयसम्म तनावमा रहनु मस्तिष्कका लागि राम्रो होइन । त्यसैले समय-समयमा एकान्तमा रमाउनु राम्रो हुन्छ । यसले मनलाई आराम मिल्छ ।

मानसिक व्यायाम
मानसिक व्यायामले मस्तिष्कको न्यूरल जडानलाई बलियो बनाउँछ। पजल, चेस जस्ता खेल खेल्नु, नयाँ भाषा सिक्नु वा नयाँ सीप विकास गर्नु मस्तिष्क शक्ति बढाउने राम्रो तरिका हो ।

नयाँ चुनौती खोज्ने
दिमागलाई स्वस्थ राख्न नयाँ चीजहरू सिक्न प्रयोग गर्नु महत्त्वपूर्ण हुन्छ । यसको मतलब, नयाँ भाषा वा नयाँ कला सिकेर आफ्नो मस्तिष्कको क्षमता बढाउन सक्नुहुन्छ ।

संगीत सुन्ने
संगीतले दिमागमा जादुई प्रभाव पार्छ। कसैलाई गीत सुन्दा सम्पूर्ण शरीर सक्रिय भएको महसुस हुन्छ । संगीत सुन्नुको फाइदा स्मरण शक्ति कम हुने अवस्थामा पनि प्रभावकारी देखिएका छन्।

पढ्ने र सुत्ने
केही नयाँ कुरा पढियो भने दिमागमा दुईवटा कोषहरूको तार जोडिन्छ । केही समय पढेर सुत्दा यो सम्बन्ध बलियो हुन्छ र जे पढिन्छ त्यो मेमोरीमा समाहित हुन्छ । स्मरण शक्तिका लागि निद्रा सबैभन्दा महत्त्वपूर्ण कारक हो ।

ध्यान
ध्यानले स्मरण क्षमता बढाउँछ, जसले कुनै पनि काम राम्रो तरिकाले गर्न सक्षम बनाउँछ । दैनिक ध्यान गरेर सानो-सानो कुरा सम्झन सकिन्छ । ध्यानले मस्तिष्कमा ‘ग्रे’ पदार्थको मात्रा बढाउँछ, जसले मेमोरी र भावनालाई नियन्त्रण गर्छ ।