
अक्सिजन, शुगर, हर्मोनलाई शरीरको हरेक भागमा लाने काम रगतको हो । हर दिन शरीरमा कुनै न कुनै किसिमको विषाक्त पदार्थ जम्मा हुन्छ । जसलाई बेलाबखतमा शुद्धीकरण आवश्यक छ ।

केही खानेकुरा छन् जसले रगत शुद्धीकरण गरी शरीर स्वस्थ पार्छ । रगत सफा भएमा अनुहारमा चमक आउँछ । शरीर फुर्तिलो रहन्छ ।

चुकन्दर
चुकन्दरमा एन्टीअक्सिडेन्ट बीटालेन र नाइट्रेट हुन्छ । यसले शरीरको कुनै भाग सुन्निए रोक्न मद्दत गर्छ । रगतलाई सफा गर्ने र संचारमा बढावा दिने काम पनि चुकन्दरले गर्छ ।

ताजा फलफुल
कीभि, मेवा, अमला, स्याउ र अनार जस्तो फलमा पेक्टिन फाइबर पाइन्छ । यसले पनि रगत सफा गर्न प्रमुख भूमिका खेल्छ ।

कागती
कागतीको प्रयोगले तौल नियन्त्रणमा भूमिका खेल्छ । कागतीमा भएको भिटामिन सहित अन्य पोषक तत्वले रगत पनि यसले सफा गर्छ । यसले शरीरमा रहेको अन्य विषाक्त पदार्थलाई पनि बाहिर निकाल्छ ।

शख्खर
चिनीको विकल्प शख्खरलाई लिन सकिन्छ । यसले शरीरमा आइरनको कमी पूरा गर्छ । शरीरमा रक्त कोषिका बढाउन मद्दत गर्छ । रगत सफा हुन्छ ।