+

अभिभावकले गर्ने ५ गल्ती, जसले बच्चाको आत्मविश्वास कमजोर बनाउँछ

आमाबुबाको झगडा

आमाबुबाको दिनानुदिन झगडाले बच्चामा तनाव हुने मात्र नभई एक किसिमको डर पैदा भई असुरक्षित महसुस गर्छन् । जसकारण उनीहरुले आत्मविश्वासका साथ मनको कुरा राख्न सक्दैनन् । यसले उनीहरुको आत्मविश्वास कमजोर बनाइरहेको हुन्छ ।

अरुसँग तुलना गर्नु

अभिभावकले छरछिमेक वा आफ्नै अर्को सन्तानसँग तुलना गर्ने बानीले बच्चामा हीनतावोध, लाज र कमजोर महसुस हुनसक्छ। अभिभावकले बुझ्न जरुरी छ कि हरेक बच्चाको आ-आफ्नै स्वभाव र बुझ्ने क्षमता हुन्छ ।

Advertisement

अरुको रिस पनि बालबालिकालाई पोख्नु

आफ्नो रिस बालबालिकामाथि पोख्ने कतिपय अभिभावकको स्वभाव हुन्छ । यो स्वभावले पनि उनीहरुको आत्मविश्वास कमजोर हुन पुग्छ ।

अरुको अगाडि बालबालिकाको कुरा काट्नु

अभिभावकले छरछिमेकी, नातागोता, इष्टमित्रको अगाडि आफ्नो छोराछोरीको कुरा काट्ने गर्छन् । अरुसँग कुरा गरिदिंदा बच्चाले आफ्नो बेइज्जत भएको महसुस गरी आत्मविश्वास कमजोर भएको अनुभव भैरहन्छ ।

समय नदिनु

अभिभावकले  कामको व्यस्तताले होस् वा अन्य कारणले बच्चाको कुरा नसुन्ने,  समय नदिने गर्न थालेमा पनि  माया गर्ने, मनको कुरा बुझिदिने कोही छैन भन्ने महसुस हुन्छ, जसले उनीहरुको आत्मविश्वास कमजोर बनाउँछ ।