
यूरिक एसिड शरीरमा पाइने अनावश्यक पदार्थ हो । यो शरीरमा प्युरिन टुक्रिएपछि बन्छ । सामान्य रुपमा युरिक एसिड रगतमा घुलिएर पिसाबको माध्यमबाट बाहिरिन्छ । अत्यधिक मात्रामा एसिड बनेमा मिर्गौलाले पिसाबको माध्यमबाट मात्र निकाल्न सक्दैन । जसले शरीरमा यसको मात्रा बढी हुन्छ ।

धमिलो पिसाब
पिसाबको रङ धमिलो भएमा युरिक एसिड बढेको संकेत हुनसक्छ । यो युरिक एसिड क्रिस्टल बनेर बसेको कारणले हुनसक्छ । युरिक एसिड पहिलाबाट छ भने यो लक्षण देखिए चिकित्सकलाई भेट्नुपर्छ ।

पटक पटक पिसाब आउनु
रातमा पटक पटक पिसाब आउनु वा पिसाबको मात्रा बढ्नु पनि एसिडको मात्रा बढेको संकेत हुनसक्छ । शरीरमा बढेको एसिडको मात्रा निकाल्नको लागि पिसाब बढी उत्पादन भएको हुनसक्छ ।

मिर्गौलामा पत्थरी वा पिसाबमा रगत
युरिक एसिडको मात्रा बढी हुनुको एक कारण मिर्गौलामा पत्थरी पनि हुनसक्छ । यो मिर्गौलामा पत्थरी बन्ने साह्रो पदार्थ पनि हो । जसले गर्दा कम्मरको भाग दुख्ने, पिसाबमा रगत आउने र पिसाब गर्न असहज हुने समस्या हुनसक्छ ।

जोर्नी सुन्निनु वा दुखाइ बढ्नु
बाथको कारण पनि शरीरमा यूरिक एसिड बढ्न सक्छ । जसले जोर्नीमा तीव्र दुखाई हुनु, गोलीगाँठो सुनिनु, औला मूनिको जोर्नीमा दुख्न सक्छ । शरीरको अन्य भाग पनि प्रभावित हुन्छ ।