+

शरीरमा के हुन्छ ? जब हामी हास्छौँ

हृदयाघात हुने सम्भावना कम

हाँस्दा शरीरमा एन्डोर्फिन नामको रसायन निस्किन्छ । यसले मानिसको मुटुलाई बलियो बनाउन सहयोग गर्छ । केही अनुसन्धानले हाँस्दा मानिसमा हृदयाघातको सम्भावना पनि कम हुने देखाएका छन् ।

डिप्रेसन कम गर्ने

तनाव र डिप्रेसन जस्ता मानसिक विकार मस्तिष्कमा हुने रसायनिक उतारचढावको कारण हुने गर्छ । यसकारण मानिस धेरै उदास तथा दिमागीरुपमा थाकेको महसुस गर्न थाल्छ । त्यसका लागि हाँस्नु सबैभन्दा राम्रो उपाय हो ।

Advertisement

शान्ति

हाँस्दा हाम्रो शरीरले एन्ड्राफिन नामको रसायन निकाल्छ । एन्ड्राफिनको प्रभावले हाम्रो शरीरले शान्त महसुस गर्छ ।

राम्रो निद्रा

तपाइँलाई राम्रो निद्रा पर्दैन भने पनि हाँस्नु लाभदायक हुनसक्छ । हाँस्दा धेरै मात्रामा मेलाटोनिन नामक रसायन मस्तिष्कमा हुन्छ, जुन राम्रो निद्राको लागि महत्वपूर्ण हुन्छ ।

सधैं युवा देखिनु

सधैं हँसिलो  हुँदा मानिसको अनुहारको १५ किसिमको मांशपेशीले एक साथ काम गर्छन् र राम्रोसँग रक्तसञ्चार पनि हुन्छ । यसकारण अनुहारमा सधैं चम्किलोपना र निखार आउँछ ।

प्रतिरक्षा प्रणाली बलियो बन्नु

हाँस्दा शरीरले पर्याप्त मात्रामा अक्सिजन पाउँछ। यसले शरीरको प्रतिरक्षा क्षमता बढाउँछ ।अक्सिजन शरीरमा पर्याप्त हुँदा क्यान्सर हुनसक्ने केही कोषिका र अन्य प्रकारका हानिकारक ब्याक्टेरिया एवं भाइरस नष्ट हुन्छन् ।